Tuesday 12 April 2011

फेसन

फेसन सधै एकनासको रहँदैन। सबैले बदलिँदो फेसनसँग सामञ्जस्य राख्ने प्रयास गर्छन्। यद्यपि सबैलाई बदलिँदो शैली नसुहाउन सक्छ। नयाँ फेसन कसैको व्यक्तित्वअनुसार मेल नखान सक्छ भने कसैको शारीरिक बनावटले साथ दिँदैन। कतिपयलाई पेसाले अवरोध गर्छ भने कसैलाई आर्थिक क्षमताले। आफूलाई फेसनसित सामञ्जस्य गर्ने मामिलामा हरेकले आ-आफ्नै तरिकाले प्रयास गरेकै हुन्छन्। फेसन शैलीमा अपर वेयर अर्थात् कम्मरभन्दा माथि लगाउने पहिरनले जति महत्त्व राख्छ त्यत्तिकै महत्त्व बटम वेयर अर्थात् कम्मरभन्दा मुनि लगाउने पहिरनले पनि राख्छ।

बटम वेयर एवं व्यक्तित्वसित तालमेलः

स्ल्याक्सले व्यक्तित्वलाई वेस्टर्न लुक प्रदान गर्छ। स्ल्याक्स त्यस्ता व्यक्तिका लागि बढी उपयुक्त हुन्छ जसको खुट्टा पातलो अर्थात् सही सेपको छ। सर्ट कुर्ती एवं ट्युनिकसँग स्ल्याक्स श्ाोभनीय हुन्छ। यद्यपि स्ल्याक्सको लम्बाइ भने कुर्ती वा ट्युनिकको लम्बाइसित म्याचिङ हुनुपर्छ। क्याजुयल कुर्तीसँग थ्रीफोर्थ तथा ट्रेडिसनल कुर्ता एवं फुललेन्थ स्ल्याक्सको कम्बिनेसन राम्रो हुन्छ।

चुडीदारः चुडीदारको आकर्षणले व्यक्तिको सुन्दरतालाई सिंगार्ने काम गर्छ। विशेष गरी स्लिम एवं सुन्दर खुट्टा भएकाहरूमा चुडीदार बढी आकर्षक एवं शोभनीय हुन्छ। चुडीदार ट्रेडिसनल नि-लेन्थ कुर्ता वा लामो कुर्तासित लगाउनु उपयुक्त हुन्छ।

जिन्स-केपि्रजः यदि क्याजुयल कुर्तीसित सुहाउँदो सलवार छैन भने त्यसलाई जिन्स वा केपि्रजसँग लगाउन सकिन्छ।

यी बटम वेयर विशेष गरी सेमी बडी टाइप भएकालाई बढी सुहाउँछ। विभिन्न टिसर्ट टपका साथै एथनिक सर्ट, सर्ट-कुर्ता एवं नि-लेन्थ कुर्तासित यसको कम्बिनेसन उपयुक्त हुन्छ।

पटियालाः यदि कुनै युवती सेमीर्फमल लुक चाहन्छिन् भने पटियाला सलवार उपयुक्त रोजाइ बन्नसक्छ।

राम्रो उचाइ तथा स्लिम फिगर भएकाहरूका लागि पटियाला सलवार बढी आकर्षक देखिन्छ।

यस्तो बेलामा सर्ट कुर्ता वा घँुडासम्म आउने लङ कुर्ता राम्रो हुन्छ।

एथनिक ट्राउजरः आफ्नो व्यक्तित्वलाई फरक लुक दिन रुचाउनेहरूका लागि एथनिक ट्राउजर राम्रो विकल्प हुनसक्छ। यो बटम वेयर कम उमेरका युवतीहरूमा बढी आकर्षक देखिन्छ। वेस्ट लेन्थ कुर्तीसित लगाउन सकिने यो पहिरनसित कुर्ती प्रयोग गर्दा कुर्तीमा धेरै वर्क हुनुहुँदैन।

हेरम पाइन्टः यस्तो पाइन्टबाट क्याजुयल लुक प्राप्त हुन्छ। फ्ल्याट टमी भएका यौवनाहरूमा हेरम पाइन्ट शोभनीय हुन्छ। यसलाई कटन सर्ट एवं क्याजुयल कुर्तीसित लगाउन सकिन्छ।

प्याराललः यस्तो किसिमको डिजाइन र्फमल व्यक्तिलाई उपयुक्त हुन्छ।

यो मोटोपन लुकाउन चाहनेहरूका लागि उपयुक्त हुन्छ। यसलाई प्यारालल सर्ट अथवा कुर्तीसित लगाउन सकिन्छ। यदि कुर्ती कन्ट्रास्ट भए थप आकर्षक देखिन्छ।

स्किनी जिन्सः यस्तो जिन्स पातलो एवं लामो खुट्टा भएकाहरूका लागि उपयुक्त हुन्छ। यदि घँुडाभन्दा तलतिर खुट्टा मोटो छ भने स्किनी जिन्स लगाउनुहुँदैन। टाइट जिन्सका साथमा टाइट टप लागाउनु राम्रो मानिँदैन। स्किनी जिन्ससँग थोरै खुकुलो तर कम्मरमा फिट हुने खालको टप छनौट गर्नुपर्छ।

हाइवेस्ट पाइन्टः हाइवेस्ट पाइन्टको चौडाइ ठूलो हुने भएकाले यसलाई लगाउँदा सिम्पल एवं ब्राइट कलरको टप होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। यस्तो पहिरनमा इम्ब्रोइडरीयुक्त एवं सिम्पल नेकलाइन राम्रो देखिन्छ। उचाइ कम भएको अवस्थामा हाइवेस्ट लगाउँदा टपमा गर्दन लामो हुने खालको पहिरन लगाउनुपर्छ।

ध्यान दिनुपर्ने थप कुरा

भर्टिकल लाइनिङयुक्त पि्रन्टले खुट्टा लामो देखिन्छ। यसबाहेक पाइन्ट लगाउँदा कुर्कुच्चा छोपिएको हुनुपर्छ। यसले खुट्टा लामो एवं सुन्दर देखिन सहयोग गर्छ।

खुट्टा सानो छ भने थ्रीफोर्थ ट्राउजर उपयुक्त हुन्छ। यदि हिप ठूलो छ भने चौडाइ ठूलो भएको पाइन्ट ठीक हुन्छ। यसबाट फिगर राम्रो देखिन्छ।

यदि पेट बाहिर निस्किएको छ भने प्लिटेड पाइन्ट लगाउनु हुदैन। टपको कलर आकर्षक हुनुपर्छ। त्यसबाट अरूको ध्यान तान्न सफल भइन्छ।

मोटो शरीर भएकाले स्लिम ट्राउजर्ससँग लुज एवं लामो ट्युनिक लगाउनु ठीक हुन्छ। धेरै मोटो व्यक्तिले हल्ाुका सेडका वा टाइट फिटिङ ट्राउजर लगाउनु हुँदैन।

यदि उचाइ कम छ भने मिड लेन्थ स्कर्ट वा बरमुडा पाइन्ट लगाउनुहुँदैन। यस्तो बेलामा थ्रीफोर्थ पनि लगाउनुहुँदैन। यसबाहेक व्यागी पाइन्ट पनि लगाउनु राम्रो मानिँदैन। व्यागी फिटिङ पाइन्ट भने उपयुक्त हुन्छ। राम्रो उचाइ भएकाहरूले भने हरेक लेन्थका पाइन्ट वा स्कर्ट लगाउन सक्छन्।

No comments:

Post a Comment